PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गृह मन्त्रालयबाट बाहिरिए रवि, जवाफ दिन पन्छिए : म अनागरिक हुँ, म सँग जवाफ छैन



पहिलोपोस्ट

गृह मन्त्रालयबाट बाहिरिए रवि, जवाफ दिन पन्छिए : म अनागरिक हुँ, म सँग जवाफ छैन

काठमाडौं : नागरिकता विवादका कारण सांसद र मन्त्री पद रवि लामिछानेले आफू अनागरिक भएको प्रतिक्रिया दिएका छन्। गृह मन्त्रालयबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका लामिछानेले आफू प्रश्नको जवाफ दिनका लागि योग्य नरहेको बताएका छन्।

'कसलाई प्रश्न गर्नु भएको? म अनागरिक भए,' लामिछानेले भने। आजै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने सांसद पदका लागि योग्य नभएको फैसला गरेको थियो। फैसलापछि लामिछाने निजी सवारीमा सिंहदरबारबाट बाहिरिएका छन्। सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार्ने लामिछानेले बताए। 'अदातलको फैसला स्वीकार्छु। स्वागत गर्छु,' उनले भने। उनले आफू रास्वपाको सभापति पनि नरहेको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell