PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

जब सञ्चारकर्मीले गृह मन्त्रालयबाट बाहिरिँदै गरेका रविलाई प्रश्न गरे...



पहिलोपोस्ट

जब सञ्चारकर्मीले गृह मन्त्रालयबाट बाहिरिँदै गरेका रविलाई प्रश्न गरे...

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान र गृहमन्त्रीको सांसद पद खारेज गर्ने फैसला गरेको छ। फैसलासँगै लामिछानेले सिंहदबारस्थित गृहमन्त्रालयबाट बाहिरिएका छन्।

बाहिरिँदै गर्दा सञ्चारकर्मीले रवि लामिछानेलाई प्रतिक्रया लिएका थिए। तर उनले कुनै प्रतिकृया खुलेर दिन चाहेनन्। बरु उल्टै तपाईंले कसलाई प्रश्न सोध्नु भएको भन्दै प्रतिप्रश्न गरेका थिए।

'तपाईंले प्रश्न सोध्न उनको परिचय त चाहिएला नी?' लामिछानेले उल्टै प्रश्न गरे।

त्यस्तै उनले थपे,' एउटा परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नु हुन्छु।

आज संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको हो। अदालतले फैसलामा रविले अमरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज हुने ठहर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell