PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अदालतले पदमुक्त गरेपछि रविले फेरि दिए राजीनामा



पहिलोपोस्ट

अदालतले पदमुक्त गरेपछि रविले फेरि दिए राजीनामा

काठमाडौं : सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन्। बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतले पदमुक्त गरेपछि रविले फेरि राजीनामा दिएका हुन्।

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद पनि गएको हो। सांसद नरहेपछि मन्त्री पद कायम नहुने संविधानमा व्यवस्था छ। मन्त्रीबाट स्वत: हटेपछि लामिछाने निजी गाडीमै सिंहदरबारबाट बाहिरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell