PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

शुभचिन्तकलाई शान्त रहन आग्रह गर्दै रास्वपा नेता अरनिको पाँडेले भने : रवि दाई फेरि राजनीतिमा फर्किहाल्नुहुन्छ



पहिलोपोस्ट

शुभचिन्तकलाई शान्त रहन आग्रह गर्दै रास्वपा नेता अरनिको पाँडेले भने : रवि दाई फेरि राजनीतिमा फर्किहाल्नुहुन्छ
रास्वपाको वाचा पत्र घोषणा कार्यक्रममा रवि लामिछानेसँगै अरनिको पाँडे (बायाँ)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कमिटी सदस्य अरनिको पाँडेले रवि लामिछाने फेरि राजनीतिमा फर्किने बताएका छन्। आज सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

यस विषयमा प्रतिक्रिया दिँदै उनले रास्वपा विधिको शासन मान्ने पार्टी भएको बताए।

'हामी विधिको शासन मान्ने पार्टी हौँ। रवि दाई फेरि राजनीतिमा फर्किहाल्नहुनेछ। त्यतिन्जेल सम्म हाम्रा अरु १९ जना सांसदहरु छदैछन्,' उनले भने।

उनले रास्वपाका सबै शुभचिन्तकहरुलाई शान्त रहन आग्रह पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell