PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विवादित छविका श्रम मन्त्री डोलप्रसाद अर्याललाई बनायो रास्वपाले कार्यवाहक सभापति र संसदीय दलको नेता



पहिलोपोस्ट

विवादित छविका श्रम मन्त्री डोलप्रसाद अर्याललाई बनायो रास्वपाले कार्यवाहक सभापति र संसदीय दलको नेता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) उप सभापति तथा श्रम मन्त्री डोल प्रसाद अर्याललाई कार्यावाहक सभापति बनाएको छ। 

सर्वोच्च अदालतको शुक्रवारको संवैधानिक इजलासको फैसलाले रास्वपाका सभापति तथा निवर्तमान गृहमन्त्री रवि लामिछाने पद मुक्त भएका छन्। लामिछाने सांसद बन्न अयोग्य भएपछि उनको मन्त्री र सभापति पद पनि गएको हो। शुक्रवारै रास्वपाले अर्याललाई कार्यवाहक सभापति बनाएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। 

'कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ। सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्दै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति श्री डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ,' रास्वपाको विज्ञप्तिमा भनिएको छ। शुक्रवार नै रास्वपाको संसदीय दलको बैठक बसेको थियो। बैठकले कार्यवाहक सभापति अर्याललाई नै संसदीय दलको नेता चयन गरेको हो। पार्टीका कार्यकर्ता लाई संयमित हुन अपिल गरिएको छ। अर्याल श्रम मन्त्री बनेपछि विवादमा तानिएका  थिए। अर्याल म्यानपावर कम्पनिमा संलग्न रहेको भन्दै श्रम मन्त्री नै बन्दा स्वार्थ बाझिने भन्दै रास्वपाको आलोचना भएको थियो। रास्वपाले भने उनी वैदेशिक रोजगार कम्पनिमा संलग्न नरहेको भन्दै उनको बचाउ गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell