PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ऋषि धमलापत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश



पहिलोपोस्ट

ऋषि धमलापत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल : नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन्। शनिबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले फूलमालासहित गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्।

एलिजालाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको चर्चा छ। उनिसँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्। उनी बैंकर तथा व्यवसायी हुन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन्। ‘पार्टीमा आएपछि अब के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन,’ उनले भनिन्। एलिजा पाँच वर्षअघि फिल्म ‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी थिइन्। उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन्। उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell