PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किन डाउन भए अधिकांश सरकारी वेबसाइट?



पहिलोपोस्ट

किन डाउन भए अधिकांश सरकारी वेबसाइट?

काठमाडौं : शनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भएका छन्। जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो।

निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु शनिवार खुलेका छैनन्। संघीय संसदको साइटमा पनि समस्या देखिएको छ। 

नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साइटहरु भने खुलिरहेका छन्।

के कारणले खुलेनन् साइट?

राष्ट्रिय सूचना केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले साइटहरुमा के कारणले समस्या देखियो भन्नेबारेमा अध्ययन भइरहेको जानकारी दिए। 'प्राविधिक समस्या सुरुमै थाहा हुदैँन। सुरुमा नचलेपछि अट्याक आयो कि के भयो भन्ने शंका आशंका त भइहाल्छ। डिभाइसमा प्राविधिक समस्या भयो। त्यसपछि चलेन। प्राविधिक हरुले हेरेर अहिले काम गरिरहनुभएको छ,' उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सरकारी साइटहरुमा प्राविधिक समस्या आएको बताएको छ। प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले मेण्टिनेन्स भइरहेकाले समस्या भएको प्रधानमन्त्री कार्यालयलाई जानकारी आएको बताए। 'हाम्रा इन्जिनियरहरुका अनुसार मेन्टिनेन्स भइरहेकाले समस्या आयो भन्ने छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell