PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

धनकुटा महोत्सव : ‘कन्सर्ट’ मा ठेलमठेल हुँदा २५ जनाभन्दा बढी घाइते, तीनजनाको अवस्था गम्भीर



पहिलोपोस्ट

धनकुटा महोत्सव : ‘कन्सर्ट’ मा ठेलमठेल हुँदा २५ जनाभन्दा बढी घाइते, तीनजनाको अवस्था गम्भीर

धनकुटा : धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भीर छन्।

धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन्।

घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ। निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पुर्‍याउन लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताइन्। यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell