PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संचालन भयो सरकारी वेबसाइट, ह्याकर सर्भरमा पस्न खोज्दा भएको थियो 'वेबसाइट डाउन'



पहिलोपोस्ट

संचालन भयो सरकारी वेबसाइट,  ह्याकर सर्भरमा पस्न खोज्दा भएको थियो 'वेबसाइट डाउन'

काठमाडौं : शनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भए। जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको थियो। अहिले भने अधिकांश सरकारी साइटहरु फेरि संचालनमा आइसेका छन्।

हिजो भने ह्याकरहरु अनधिकृत रुपमा सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भएको खुलेको छ। प्राविधिक टोलीले यसबारे थप अध्ययन गरिरहेक छन्। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलका अनुसार अध्यगमन विभागको वेबसाइटबाट ह्याकरहरुले अनधिकृत रुपमा सर्भरमा पहुँच गर्न खोज्दा समस्या देखिएको बताए। त्यही भएका कारण अधिकांश जिओभी डट कम डट एनपी अर्थात नेपाल सरकारका साइटहरु घण्टौंदेखि अवरुद्ध हुन पुगेका थिए।

‘इमिग्रेसनको पनि समस्या आएको छ। त्यो बाइपास गरेर बाहिरबाट हाम्रो फायरवालमा आक्रमण आएको हो। प्राविधिक साथीहरु यसलाई समाधान गर्न र आवश्यक सुरक्षा रणनीतिमा काम गरिरहनु भएको छ। बाहिरबाट अनधिकृत पहुँच बिना हाम्रो सिस्टम यसरी डाउन हुँदैन। हाम्रो रिक्वेस्ट भित्र अनधिकृत पहुँच नभएपछि फायरवालले त्यसलाई रोक्यो।’ पोखरेलले भने । उनले प्राविधिक टोलीले यसबारे अध्ययन गरिरहेको बताए।

यही समस्याका कारण अध्यागमनको पनि सिस्टम डाउन भएर अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत अध्यागमन प्रणालीमा प्राविधिक समस्या आउँदा डेढ घण्टा यता अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका थियो।

प्राविधिक समस्या आएका कारण अन्तर्राष्ट्रिय तर्फ हुँदै आएको नियमित उडानमा एक घण्टा भन्दा बढी समय ढिलो भएको र आउजाउ गर्ने यात्रुलाई म्यानुअल्ली सेवा दिइएको छ विमानस्थल महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell