PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

सन् २०२४ देखि अर्थतन्त्र सकारात्मक वृद्धिमा लैजाने श्रीलंकाली राष्ट्रपतिको घोषणा, किन दिए फेरि संकटको चेतावनी?



पहिलोपोस्ट

सन् २०२४ देखि अर्थतन्त्र सकारात्मक वृद्धिमा लैजाने श्रीलंकाली राष्ट्रपतिको घोषणा, किन दिए फेरि संकटको चेतावनी?
Photo : Reuters

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले फेरि आर्थिक संकटको सामना गर्नुपर्ने चेतावनीसँगै सन् २०२४ बाट देशको अर्थतन्त्रमा सकारात्मक वृद्धि ल्याउन प्रयास गर्ने बताएका छन्। 

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका अहिले आफ्नो आर्थिक स्थिति बलियो बनाउने उपायहरु खोजिरहेको छ। यसबिच विक्रमासिङ्घले अर्को वर्ष अर्थतन्त्र सुधार हुने बताएका हुन्।

उनले श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने सकारात्मक वृद्धि हुने अपेक्षा रहेको बताएका हुन्।

'हामी सन् २०२४ बाट अर्थतन्त्रमा सकारात्मक वृद्धि ल्याउनेछौं। कसै सामु झुक्न नपर्ने र ऋण मुक्त बनाएर हामी बलियो देश निर्माण गर्छौं,' उनले भनेका छन्।

यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक सङ्कटमा फस्ने खतरा रहेको चेतावनी पनि उनले दिएका छन्।

'यी आयोजना कार्यान्वयन भएनन् भने फेरि पहिला जस्तै आर्थिक संकट निम्तिनबाट कसैले रोक्न सक्दैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell