PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नेपथ्यको गीतमा झम्यो अस्ट्रेलियाको एडिलेड



पहिलोपोस्ट

नेपथ्यको गीतमा झम्यो अस्ट्रेलियाको एडिलेड
तस्विर :तेज वानेम / नेपालय

अस्ट्रेलियाको एडिलेडमा नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ। अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडमा भएको हो।

अघिल्लोपटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीले यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा व्यापक र व्यवस्थित भएको बताइ। एडिलेड शहरमा नेपथ्यले चौथोपटक प्रस्तुती दिएको हो। हिण्डले म्युजिक हलमा भने तीन वर्षको अन्तरालपछि नेप्थ्यले दोस्रोपटक कन्सर्ट गरेको हो।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ। ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ मा नेपथ्यको कन्सर्ट हुनेछ।

ब्रिसबेनपछि फेब्रुअरी ३ मा क्यानबेरा, फेब्रुअरी ५ मा पर्थ,  फेब्रअरी १० मा सिड्नी, फेब्रअरी १३ मा मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ मा होबार्टमा कन्सर्ट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell