PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

अयोध्या लगिँदै गरिएको कालिगण्डकीको शिलाको पथलैयामा गरियो क्षमापूजा



पहिलोपोस्ट

अयोध्या लगिँदै गरिएको कालिगण्डकीको शिलाको पथलैयामा गरियो क्षमापूजा

वीरगंज : भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा मूर्ति बनाउनका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदिको शिलाको बाराको पथलैयामा पूजा गरिएको छ। पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले शिलाको क्षमापूजा गरेका हुन्।

कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको पूरानो शिला नेपालको विभिन्न शहर हुँदै जनकपुर लैजाने क्रममा पथलैया पुगेको बेला क्षमापूजा र गङ्गा पूजन गरिएको हो। क्षमापूजाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवसँगै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य लगायत पनि पुगेका थिए।

शिलाको पूजा गर्दै पूर्वमन्त्री यादवले परापूर्वक कालदेखि नेपाल र भारतसँगको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताए। 

भने, ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा यो सम्बन्ध थप प्रगाढ हुन्छ र नेपालको कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ।’

पथलैयामा विशाल शिलालाई हेर्न घुइँचो लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell