PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नागरिकता पुनर्प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने



पहिलोपोस्ट

नागरिकता पुनर्प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नागरिकता पुर्नकायमका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले नागरिकता पुनर्प्राप्ति नगरेको किटान गरेपछि सांसददेखि पार्टी सभापति पद गएको थियो।

चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकताकै कारण सांसद पद खोसिएपछि सरकारबाट समेत बहिरिनुपर्‍यो। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। मन्त्री बनेको ३२ दिनमै उनी पदमुक्त बने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell