PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शाहरुखको क्रेजअघि फ्लप भयो ‘पठान’ बहिष्कार अभियान, चार दिनमा कति कमायो?



पहिलोपोस्ट

शाहरुखको क्रेजअघि फ्लप भयो ‘पठान’ बहिष्कार अभियान, चार दिनमा कति कमायो?

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत बुधवारदेखि रिलिज भएको यस फिल्मले चार दिनमा २२० करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।

त्यसैगरी, ‘पठान’ले विश्वभरबाट हालसम्म ४१२ करोड भारु रुपैयाँ कलेक्सन गरेको बलिउड हंगामाले उल्लेख गरेको छ। विश्वभरिबाट आक्रामक कमाई गरेसँगै ‘पठान’ ले बलिउड उद्योगलाई माथि उकास्न सहयोग गरेको छ।

रिलिजअघि यो फिल्म बहिष्कारको चपेटामा परेको थियो। फिल्मको ‘बेशर्म रंग’ गीतको भिडियोमा दीपिकाले ‘भगवा’ रंगको बिकिनी लगाएर हिन्दूहरूको भावनामा चोट पुर्‍याएको र अश्लीलता फैलाएको भन्दै विरोध भएको थियो।

तर, रिलिजको पहिलो दिन नै फिल्मले भारतभर ५६/५७ करोड रुपैयाँ कलेक्सन गर्न सफल भयो। शाहरुखको एक्सन अगाडि बहिष्कार अभियानले खासै असर गर्न सकेन।

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell