PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनले भन्यो : प्यालेस्टिनी जनता स्वतन्त्र राज्य स्थापनाको वैध आकांक्षाबाट वञ्चित



पहिलोपोस्ट

चीनले भन्यो : प्यालेस्टिनी जनता स्वतन्त्र राज्य स्थापनाको वैध आकांक्षाबाट वञ्चित

सांघाई : प्यालेस्टाइन र इजरायलबिच पछिल्लो समय बढेको तनावलाई चीनले नजिकबाट नियालिरहेको जनाएको छ।

गत जनवरी २६ मा इजरायली सेना र प्यालेस्टिनी बिच पश्चिमी किनााको शहर जेनिनमा झडप हुँदा १० जना बढी प्यालेस्टिनीको मृत्यु भएको थियो। त्यस्तै जनवरी २७ मा पूर्वी जेरुसेलमको एक धार्मिक स्थलमा भएको आतंकवादी आक्रमणमा सर्वसाधरणको मृत्यु भएको थियो। 

चीनले प्यालेस्टाइन-इजरायल द्वन्द्वका कारण भएको नागरिक हताहतप्रति अत्यन्त दुःख प्रकट गरेको छ।

'हामी नागरिकहरूलाई लक्षित गरि गरिएका सबै आतंकवादी आक्रमणहरूको भर्त्सना गर्दछौं र अत्यधिक बल प्रयोगको विरोध गर्दछौं। यसको प्रमुख प्राथमिकता भनेको स्थितिलाई कम गर्न सक्दो प्रयास गर्नु र सबै पक्षहरू, विशेष गरि इजरायललाई, स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोक्नका लागि शान्ति र संयम देखाउन आह्वान गर्दछौं,' चिनियाँ विदेश मन्त्रालयले आइतवार वक्तव्य जारी गर्दै भनेको छ। 

चीनले प्यालेस्टाइन-इजरायल द्वन्द्व दुई राज्यबिचको समस्याको समाधान नहुँदा दोहोरिँदै आएको बताएको छ।

'प्यालेस्टिनी जनता लामो समयदेखि स्वतन्त्र राज्य स्थापना गर्ने उनीहरूको वैध आकांक्षाबाट बञ्चित छन्,' चीनले भनेको छ, 'अन्तर्राष्ट्रिय समुदायले तत्काल बलियो भावनाका साथ काम गर्न र प्यालेस्टाइन र इजरायलबिच वार्ता पुन: सुरु गर्नका लागि वातावरण सिर्जना गर्न आवश्यक छ।' 

प्यालेस्टाइनी प्रश्नको व्यापक, न्यायोचित र स्थायी समाधानका लागि चीनले पहल जारी राख्ने वक्तव्यमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell