PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

रवि लामिछानेले पुन: कायम गरे नेपाली नागरिकता



पहिलोपोस्ट

रवि लामिछानेले पुन: कायम गरे नेपाली नागरिकता

काठमाडौं : रवि लामिछानेले नेपाली नागरिकता पुन: कायम गरेका छन्। आइतवार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता पुन कायम गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछाने नागरिकता पुर्नकायमका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं थिए। शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले नागरिकता पुनर्प्राप्ति नगरेको किटान गरेपछि सांसददेखि पार्टी सभापति पद गएको थियो।

चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकताकै कारण सांसद पद खोसिएपछि सरकारबाट समेत बहिरिनुपर्‍यो। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। मन्त्री बनेको ३२ दिनमै उनी पदमुक्त बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell