PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रचण्ड - ओलीको छलफल, गृहमन्त्री आफ्नै पार्टीको बनाउन माओवादीको जोड



पहिलोपोस्ट

प्रचण्ड - ओलीको छलफल, गृहमन्त्री आफ्नै पार्टीको बनाउन माओवादीको जोड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भइरहेको छ। प्रचण्ड-ओली बिचको छलफल गृहमन्त्री चयनबारेमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

नागरिकता विवादमा अदालतको फैसलापछि सांसद पद खारेज भएपछि उनी रवि लामिछाने गृहमन्त्रीबाट शुक्रवार हटेका थिए। फेरि कसलाई गृहमन्त्री बनाउने भन्नेबारेमा सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।

माओवादी केन्द्र गृह मन्त्रालय आफैसँग राख्नेगरी गठबन्धनमा लबिङ गरिरहेको छ। लामिछानेले पनि आइतवार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन कायम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell