PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गृह मन्त्रालयमा रास्वपाकै दाबी : कसलाई मन्त्री बनाउने हाम्रो पार्टीले मात्रै निर्णय गर्न सक्छ



पहिलोपोस्ट

गृह मन्त्रालयमा रास्वपाकै दाबी : कसलाई मन्त्री बनाउने हाम्रो पार्टीले मात्रै निर्णय गर्न सक्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि पनि गृह मन्त्रालयमै दाबी गरेको छ। नागरिकता विवादमा सर्वोच्च अदालतको शुक्रवारको फैसलापछि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हटेका थिए।

आइतवार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकले लामिछानेलाई नै सभापति बनाउने सर्वसम्मत निर्णय गरेको प्रवक्ता डा मुकुल ढकालले बताए। लामिछानेको मन्त्री सँगै सांसद पद पनि गएको थियो।

'गृह मन्त्रालय रास्वपाको भागमा परेको छ। यसबारे निर्णय गर्ने अधिकार रास्वपालाई मात्रै छ। सभापति ज्यूले सत्ता साझेदार दलसँग कुराकानी गर्नुहुन्छ। त्यसपछि मात्रै थाहा हुन्छ,' उनले भने। गृहमन्त्रीमा कसलाई पठाउने भन्ने रास्वपाले मात्रै निर्णय गर्ने उक्त पार्टीले बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell