PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिड रोलमा देखिँदै आएकी स्वस्तिमा भन्छिन् : सपोर्टिङ रोलमा देखिन पनि कुनै आपत्ति छैन



पहिलोपोस्ट

लिड रोलमा देखिँदै आएकी स्वस्तिमा भन्छिन् : सपोर्टिङ रोलमा देखिन पनि कुनै आपत्ति छैन

काठमाडौं : व्यस्तमध्येकी अभिनेत्रीमा पर्छिन् स्वस्तिमा खड्का। ‘होस्टेल रिटर्न्स’ बाट ठुलो पर्दामा डेब्यु गरेकी स्वस्तिमाको चर्चा  ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि झनै चुलियो।

उनै स्वस्तिमा फिल्म ‘भष्मे डन’मा पनि देखिने भएकी छिन्। ‘पशुपति प्रसाद’का चर्चित पात्र ‘भष्मे डन’ माथि बन्न लागेको हो फिल्म। मुख्य पात्र - विपिन कार्की।

‘पशुपति प्रसाद’ मा खगेन्द्र लामिछानेको अपोजिटमा थिइन् वर्षा सिवाकोटी। ‘बुनु’ को भूमिकामा वर्षा झलकझुलुक देखिन्थिन्। अझ अर्को भूमिका थियो बोल्नै नपर्ने।

सिक्वेल फिल्म भष्मे डनमा पनि कतै स्वस्तिमाले बोल्न नपर्ने पो हो कि? उनलाई पनि झलकझुलुकमात्र देखाइने हो कि? आइतवार भष्मे डन घोषणा कार्यक्रममा सञ्चारकर्मीले जिज्ञासा राखे यही विषयमा। पशुपति प्रसादमा वर्षाको नबोल्ने क्यारेक्टर थियो, भष्मे डनमा स्वस्तिमा खड्का बोल्नुहुन्छ कि हुँदैन?

स्वस्तिमाको जवाफ थियो - अब भष्मे डनजस्तो क्यारेक्टरलाई डिल गर्नुपर्छ भन्दा बोल्नै पर्छ होला। किनकी भष्मे डन आफैमा टफ क्यारेक्टर छ। त्यो क्यारेक्टरसँग छ भनेपछि बोल्नैपर्छ होला।

‘भनेपछि ५ मिनेटमात्र होइन नि? क्रस क्वेसन आइहाल्यो।

‘हुनसक्छ! ५ मिनेट वा १ मिनेट भएपनि पात्र कत्तिको बलियो हो भन्ने कुरा ठूलो हुन्छ एउटा कलाकारलाई। म जुन ठाउँमा छु। मेरो सोच कहिल्यै पनि एक मिनेटको रोल होकी, एक सेकेन्डको रोल हो कि वा फिल्मभरि नै म छु छैन भन्ने कुराले माने राख्दैन,' जवाफमा स्वस्तिमा भनिन्, 'मेरो सुरुवात हेर्नुहुन्छ भने मैले तीन फिल्मसम्म सहायक भूमिकामा खेलेकी थिएँ। त्यो कुराले मलाई खासै फरक पर्दैन। यो फिल्ममा पनि मेरो पाँच मिनेटको होस् वा एक मिनेटको भएपनि मलाई खासै फरक पर्देन। आफूले सानो भूमिकामा पनि कत्तिको पावरफुल काम गर्न सक्छु भन्ने कुरा महत्त्वपूर्ण लाग्छ।’

साथै स्वस्तिमाले आफूले प्रमुख तथा सहायक पात्र भनेर फिल्म नछान्ने दाबी गरिन्। 'मैले कहिले पनि सहायक र प्रमुख पात्र भनेर फिल्म छान्दिनँ। मैले त फिल्ममा क्यारेक्टर कत्तिको बलियो छ भनेर हेर्छु। पाँच मिनेटको रोल भएपनि मलाई असहज हुन्नँ। बरु मलाई दुई मिनेटको रोल गर्न मन थियो,' स्वस्तिमाले भनिन्, 'तर, मलाई अहिले आएर धेरै जनाले सानो रोल छ। उसले गर्दैन होला भनेर अफर गर्नुहुन्छ। राम्रो काम देखाउने फिल्ममा पनि मलाई अप्रोच नगर्दा दु:ख लाग्छ। मलाई फिल्मभरि नै देखिनुपर्छ भन्ने छैन।’

पशुपति प्रसादको चर्चासँगै राम्रो टिमसँग भएकाले आफू ‘भष्मे डन’ मा जोडिएकी खड्काले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell