PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ब्रान्डेड बोतलमा नक्कली रक्सी, सस्तोमा पाएपछि क्लवदेखि दोहोरी साँझसम्म



पहिलोपोस्ट

ब्रान्डेड बोतलमा नक्कली रक्सी, सस्तोमा पाएपछि क्लवदेखि दोहोरी साँझसम्म

काठमाडौंः नक्कली रक्सी उत्पादन तथा विक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामो समयको अपरेसनपछि तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउपछि आइतबार सार्वजनिक गरेका अभियुक्तमा दोलखा घर भएका २७ वर्षीय निरज उप्रेती, स्याङ्जाका २६ वर्षीय धर्मी गौडेल र सिन्धुलीका २६ वर्षीय गणेश बहादुर रानामगर रहेका छन्।

निरजले ललितपुरमा सञ्चालन गरेको लिक्वर पसलबाट नक्कली रक्सीको ब्रान्ड फेला पारेको थियो। त्यस्तै अनुसन्धानबाट ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा विभिन्न ब्रान्डको नाममा नक्कली रक्सी बनाउने कच्चा पदार्थ र विभिन्न ब्रान्डका रक्सीको खाली बोतल र राजस्वका स्टिकर समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको अनुसन्धानमा उनीहरु तीन जनाबाहेक अन्य विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ  गोपीकृष्ण श्रेष्ठको समेत संलग्नता खुलेको छ।  उनीहरुलाई गत भदौमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

उनीहरुले टिकाथलीमा जग्गा भाडामा लिएर टहरा बनाइ नक्कली ब्रान्डका रक्सी उत्पादन र कालाबजारी गरेको खुलेको हो। यसरी उत्पादन गरिएको रक्सी बजार भाउभन्दा केही सस्तो मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ। उत्पादित रक्सी क्लवदेखि दोहोरी साँझसम्म पुग्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell