PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त



पहिलोपोस्ट

लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित शहिद स्मृति पार्कमा पुगेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शहिद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले शहीदलाई सम्झेका हुन्। त्यस अवसरमा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिइन्।

प्रधानमन्त्री प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell