PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लैनचौरमा शहीदको सम्झना : 'उनीहरुको सपना साकार गर्न हातेमालो गरौं'

लैनचौरमा शहीदको सम्झना : 'उनीहरुको सपना साकार गर्न हातेमालो गरौं'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज शहीद दिवस। प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरि आज शहीद दिवास देशभर मनाइँदैछ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

प्रजातन्त्रको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए। त्यसैले हरेक वर्ष शहीदको बलिदानको सम्झनामा आजको दिन विविध कार्यक्रम गर्ने गरिन्छ।

लैनचौर स्थित शहिद स्मारकमा पनि आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्मारक पुगेर शहीदहरुको योगदानबारे चर्चा गरेका छन्।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन्। उनले आज ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरि अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गरेका छन्।

सो कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालन्द्र शाह, उपप्रमुख सुनिता डंगोल लगायत संवैधानिक निकायका पदाधिकारी, सेना र प्रहरी अधिकारीको सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell