PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

बालुवाटार पुगेर बालेनले किन भेटे प्रधानमन्त्री प्रचण्डलाई?



रासस

बालुवाटार पुगेर बालेनले किन भेटे प्रधानमन्त्री प्रचण्डलाई?
फोटो : प्रदीपराज वन्त/रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सोमवार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको भेटवार्तामा उनीहरुबिच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए। काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell