PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

‘पठान’ले पाँच दिनमा पार गर्‍यो ५०० करोडको आँकडा



पहिलोपोस्ट

‘पठान’ले पाँच दिनमा पार गर्‍यो ५०० करोडको आँकडा

शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’ले राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले पाँच दिनमा विश्वभरिबाट ५३५ करोड भारुको आँकडा पार गरेको छ।

शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो। भारत बाहिर मात्रै नभई घरेलु बक्सअफिसमा ‘पठान’को व्यापार आक्रामक छ। ‘पठान’ले भारतभर पाँच दिनमा २८२ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको बलिउड हंगामाले उल्लेख गरेको छ।

‘पठान’ले रिलिजको पहिलो दिन ५७ करोड भारु कलेक्सन गरेको थियो। जुन कलेक्सनसँगै ‘पठान’ शाहरुखको करियरकै बढी ओपनिङ गर्ने फिल्म बन्न सफल भयो। त्यसैगरि, फिल्मले दोस्रो दिन ७०.५० करोड, तेस्रो दिन ३९.२५ करोड, चौंथो दिन ५३.२५ करोड र पाँचौ दिन ६२ करोड भारु कमाएको छ। 

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell