PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

दुबईमा हुन लागेको नेपाली फिल्म फेस्ट 'महापुरुष' टिमद्वारा बहिस्कार



पहिलोपोस्ट

दुबईमा हुन लागेको नेपाली फिल्म फेस्ट 'महापुरुष' टिमद्वारा बहिस्कार

काठमाडौं : फिल्म महापुरुष टिमले युएईको दुबईमा आयोजना तय गरिएको नेपाली सिनेमा फेस्टिभल २०२३ मा सहभागी नहुने जनाएको छ। चलचित्र विकास बोर्डले एक महिनाअघि सूर्य कर्पोरेसनसँग मिलेर फेस्टिभल गर्ने घोषणा गरेको थियो।

निर्माण कम्पनी षट्कोण आर्ट्स्ले अनुमति बिनै महापुरुषलाई प्रदर्शन सूचीमा राखेको भन्दै आपत्तिसमेत जनाएको छ। सूर्य कर्पोरेसन विवादास्पद कम्पनी भएको दाबी गर्दै षट्कोणले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ।’

महापुरुषका निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाले उक्त पोस्ट सेयर गर्दै आयोजकले सूचीमा राखेका अन्य फिल्मलाई समेत फेस्टिभल बहिस्कार गर्न अनुरोध गरेको छ। ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन विकास बोर्डको चाहना स्वागत छ। तर, यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै मिडल इस्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला,' फेसबुकमा भनिएको छ, 'साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला? यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ।’ 

दुबईमा हुने भनिएको 'नेपाली सिनेमा फेस्ट’ फागुन १ गतेदेखि ३ गतेसम्म हुँदैछ। उक्त फेस्टिभलमा 'कबड्डी ४' र 'ऐना झ्यालको पुतली'जस्ता फिल्म देखाउने पनि बोर्डको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell