PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ : अर्जुननरसिंह केसी



रासस

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ : अर्जुननरसिंह केसी

भरतपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्।

भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए। राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो।

नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए। उनले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिए।

‘कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्थ्यो। आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ। अब प्रतिपक्षको धर्म निर्वाह गर्नु नै कांग्रेसको दायित्व र जिम्मेवारी हो,’ उनले भने।

कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उनको भनाइ थियो। उनले भने, ‘कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell