बलिउड अभिनेत्री कंगना रनौत विवादास्पद अभिव्यक्तिका कारण चर्चित छिन्। झन्डै दुई वर्षको सस्पेन्डपछि हालै कंगना ट्विटरमा फर्किएकी हुन्। प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको ट्विटर सस्पेन्डमा परेको थियो।
ट्विटरमा कमब्याक गरेसँगै कंगानाले फिल्म ‘पठान’ को विषयमा आफ्नो धारणा राखिन्। खासमा पठानको सफलतापछि निर्माता प्रिया गुप्ताले ट्वीटरमा एउटा भिडियो हालिन् - जहाँ शाहरुख खानको ‘पठान’ गीतमा फ्यानहरु नाचिरहेको देख्न सकिन्छ। अनि लेखिएको थियो : यो भिडियो हिन्दू र मुस्लिम दुबैले शाहरुख खानलाई समान माया गर्छन् भन्ने प्रमाण हो। बहिष्कार विवादले फिल्मलाई हानी नभई सहयोग गरेको छ।
मोदी सरकारको बचाउ गर्दै आएकी कंगनाले उक्त ट्विटमाथि प्रतिक्रिया दिदैँ लेखिन्, ‘तपाईले धेरै राम्रो विश्लेषण गर्नुभएको छ। यो देशले खानलाई मात्रै माया गरेको छ। यसपटक पनि खानै खान। र, मुस्लिम अभिनेत्रीप्रति पनि आकर्षित छन्। त्यसैले भारतलाई घृणा र फासीवादको आरोप लगाउनु एकदमै गलत हो।’
कंगनाको प्रतिक्रियाले अभिनेत्री उर्फी जावेदको मन सम्हालिएनछ। बिग बोस ओटीटी फेम अभिनेत्री उर्फी बोल्ड फोटोसुटका कारण चर्चामा छिन्। उनले लगाएका पहिरनका कारण उनी विवादितसमेत हुन्छिन्।
कंगनाको धारणाप्रति असन्तुष्टि जनाउँदै उर्फीले ट्विटरमा लेखेकी छिन्, ‘हे भगवान, यो कस्तो विभाजन हो, मुस्लिम कलाकार, हिन्दु कलाकार। कलालाई कुनै धर्मले विभाजन गरिएको हुँदैन। त्यहाँ मात्र कलाकार छन्।'
Oh my gosh ! What is this division , Muslim actors , Hindu actors . Art is not divided by religion . There are only actors https://t.co/Eap3yYAv0p
— Uorfi (@uorfi_) January 30, 2023
कंगना पनि के कम! जवाफ फर्काइहालिन्, उर्फीको ट्विटलाई रि ट्विट गर्दै कंगनाले लेखिन्, ‘हो मेरी प्यारी उर्फी, त्यो एउटा आदर्श संसार होला। तर युनिफर्म सिभिल कोड नभएसम्म यो सम्भव छैन। जबसम्म यो देश संविधानमा विभाजित हुन्छ, तबसम्म यो देश विभाजित रहिरहनेछ। हामी सबैले २०२४ को घोषणापत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग युनिफर्म सिभिल कोडको माग गरौं। के हामी सक्छौ?’
यस्ता ट्विटसँगै ट्विटरमा भारतीय प्रयोगकर्ताले कंगनाले फेरि प्रोपोगाण्डा फैलाउन सुरु गरिसकेको भन्दै आलोचना शुरु भएको छ। ट्वीट विवादमा फसे पनि कंगनाले पठान फिल्म चल्नुपर्ने भन्दै विभिन्न कार्यक्रममा धारणा राख्दै आएकी छिन्।
Yes my dear Uorfi that will be an ideal world but it’s not possible unless we have The Uniform Civil Code, till the time this nation is divided in the constitution itself it will remain divide, Let’s all demand Uniform Civil Code from @narendramodi ji in 2024 Manifesto. Shall we? https://t.co/jJ63lKGaoq
— Kangana Ranaut (@KanganaTeam) January 30, 2023