PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिचको भेटमा अपसी हितका सम्बन्धमा छलफल



रासस

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिचको भेटमा अपसी हितका सम्बन्धमा छलफल
फोटो : रासस।

काठमाडौं : परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबिच सोमवार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबिचको बलियो दौत्य सम्बन्ध, दुई पक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई पक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell