PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

आत्मघाती बम बिस्फोटमा परी पाकिस्तानमा १७ जनाको मृत्यु, ८० जना घाइते



पहिलोपोस्ट

आत्मघाती बम बिस्फोटमा परी पाकिस्तानमा १७ जनाको मृत्यु, ८० जना घाइते
फोटो : DawnNewsTV

पाकिस्तानको पेशेवारमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा ८० जना भन्दा बढी घाइते भएका छन्। सोमवार दिउँसो भएको विस्फोटमा परी घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त घटनामा परी २ जनाको मृत्यु भएको छ। आत्मघाती बम बिस्फोटमा परी मस्जिदको केही भाग भत्केको छ। उक्त भवनमा धेरै मानिसहरु फसेको हुन सक्ने प्रहरी अधिकृत सिकन्दर खानले डन न्युजलाई बताएका छन्। डन न्युजले भने १७ जनाको मृत्यु भएको जनाएको छ।

पाकिस्तानको पेशावरस्थित पुलिस लाइन्स क्षेत्रमा सोमवार दिउँसो बिष्फोट भएको उद्धार अधिकारलाई उदृत गर्दै डन डट कमले उल्लेख गरेको छ। लेडी रिडिङ अस्पताल (एलआरसी)का प्रवक्ता मोहम्मद असिमले हताहतीको पुष्टि गर्दै घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएका छन्।

यस्तै, प्रहरी अधिकारी सिकन्दर खानले रोयटर्सलाई बताएअनुसार भवनको एक भाग भत्किएको र धेरै मानिसहरू पुरिएको विश्वास गरिएको छ।

दिउँसो १:४० बजे जोहरको नमाज पढिरहेका बेला बम विस्फोट भएको हो। मस्जिदभित्र प्रहरी, सेना र बम डिस्पोजल टोलीका कर्मचारीहरू खटिएको उनले बताए।

अहिले उक्त क्षेत्र प्रहरीको नियन्त्रणमा रहेको र अग्निनियन्त्रक, सेना, बम डिस्पोजल टोली पुगिसकेको बताइएको छ। घटनाको विवरणहरु आउने क्रम जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell