PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अपडेट : आत्मघाती बम विस्फोटमा परी पाकिस्तानामा २८ जनाको मृत्यु, १५० भन्दा बढी घाइते



पहिलोपोस्ट

अपडेट : आत्मघाती बम विस्फोटमा परी पाकिस्तानामा २८ जनाको मृत्यु, १५० भन्दा बढी घाइते
फोटो : AFP

पाकिस्तानको पेशेवारमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुने र घाइतेको संख्या बढ्दो छ। पाकिस्तानी समाचारहरुमा जनाइएकअनुसार अहिलेसम्म २८ जनाको मृत्यु भएको छ। घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन्।

सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम  विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ। घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आत्मघाती बम बिस्फोटमा परी मस्जिदको केही भाग भत्केको छ। दिउँसो १:४० बजे जोहरको नमाज पढिरहेका बेला बम विस्फोट भएको हो। मस्जिदभित्र प्रहरी, सेना र बम डिस्पोजल टोलीका कर्मचारीहरू खटिएको उनले बताए।

पेशेवारका नगर प्रहरी प्रमुख मुहम्मद इजाज खानले यस क्षेत्रमा ठूलोमात्रमा प्रहरी परिचालन गरिएको छ। घाइतेहरुलाई लेडी रिडिङ अस्पतालतर्फ पठाइएको उनले बताएका छन्। घटनाको विवरणहरु आउने क्रम जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell