PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

श्रीलंका स्वतन्त्रताको ७५ औं वार्षिक उत्सवमा परराष्ट्र मन्त्रीलाई जान अनुमति, अरु के-के गर्‍यो मन्त्रिपरिषद्ले निर्णय?



पहिलोपोस्ट

श्रीलंका स्वतन्त्रताको ७५ औं वार्षिक उत्सवमा परराष्ट्र मन्त्रीलाई जान अनुमति, अरु के-के गर्‍यो मन्त्रिपरिषद्ले निर्णय?

काठमाडौं : सरकारले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र शाहीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमवार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले ३ जनालाई योजना आयोगको सदस्य नियुक्त गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

नेपाल र बहराइनको दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको पनि शर्माले बताइन्। 
अमरपुर-ढुगेंसाँघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्त गर्ने र आयोजनाको कारवाही अगाडि बढाउने अधिकारी तोक्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यसको जिम्मेवारी आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको छ। 

नेपाल युरोपियन युनियनको संयुक्त उपआयोगको बैठकमा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय भएको छ। श्रीलंकाको  स्वतन्त्रताको ७५ औं वार्षिक उत्सवमा परराष्ट्रमन्त्री जाने अनुमति मन्त्रिपरिषदले दिएको मन्त्री शर्माले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell