PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

महाकाली नदीमा फसेका २० मजदुरको प्रहरीले गर्‍यो सकुशल उद्धार



रासस

महाकाली नदीमा फसेका २० मजदुरको प्रहरीले गर्‍यो सकुशल उद्धार
फाइल फोटो।

दोधारा चाँदनी : प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ। सोमवार भीमदत्तनगरपालिका-११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो।

पूर्व जानकारीबिना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए। आठ जना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

‘ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो’, उनले भने, ‘इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो।’

नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमवार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell