PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु



पहिलोपोस्ट

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल : अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सोमवार भूमिकास्थान नगरपालिका-९ ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell