PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चीनको सिचुवानमा अबदेखि दम्पतीले चाहे जति बच्चा जन्माउन पाउने



पहिलोपोस्ट

चीनको सिचुवानमा अबदेखि दम्पतीले चाहे जति बच्चा जन्माउन पाउने
Photo : EPA

चीनको सिचुआन प्रान्तले दम्पतीहरूलाई उनीहरूले चाहे जति बच्चा जन्माउन अनुमति दिने निर्णय गरेको छ। चीनमा आरालो लाग्दै गएको जन्मदरलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो।

गत वर्ष चीनको जनसंख्या ६० वर्षयता पहिलोपटक घटेको थियो। साथै, जन्मदर पनि घट्दै गइरहेको छ।

वर्षौंसम्म चीनमा एक सन्तान नीति लागू थियो। तर, जन्मदर घटेपछि सन् २०२१ मा चीनले तीन सन्तान नीति ल्याएको थियो।

सिचुवान प्रान्तले आफ्ना नीतिहरु परिवर्तन गर्दै अविवाहित व्यक्तिलाई पनि बालबालिका ‘एडप्ट’ गर्न दिने भएको छ।

चीनले धेरै सन्तान जन्माउने दम्पतीहरुलाई करका छुट लगायतका सेवाहरु दिने निर्णय गरिसकेको छ। सरकारले जन्मदर बढाउन विभिन्न उपायहरु अबलम्बन गरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell