PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

अमेरिकाले युक्रेनलाई लडाकु विमान नदिने



पहिलोपोस्ट

अमेरिकाले युक्रेनलाई लडाकु विमान नदिने
Photo : Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान नदिने बताएका छन्। युक्रेनले पटकपटक लडाकु विमान दिन आग्र गरिरहँदा बाइडेनको यो प्रतिक्रिया आएको हो।

एक पत्रकारले अमेरिकाले युक्रेनलाई लडाकु विमान दिने हो भनेर प्रश्न सोध्दा बाडेनले 'होइन' भनेर उत्तर दिएका हुन्।

जर्मनीले पनि युक्रेनलाई लडाकु विमान सहयोग नगर्ने बताइसकेको छ।

यसअघि द्वन्द्वग्रस्त युक्रेनमा सैन्य ‘ट्याङ्क’ पठाउन भने अमेरिका र जर्मनी तयार भएका थिए।

अमेरिकाले एम वान एब्रम्स ट्याङ्कहरु युक्रेन पठाउने तयारी गरेको हो। यस्तै, जर्मनीले लेपर्ड टू ट्याङ्क पठाउने भएको छ। दुवै राष्ट्रले १२ वटा भन्दा ट्याङ्कहरु पठाउनेछन्।  रसियाले भने अमेरिका र जर्मनीको यो कदमलाई ‘उत्तेजना फैलाउने कार्य’ भनेको थियो।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि युद्ध सुरु भएको थियो। युद्ध भएको ३४२ दिन भइसक्दा पनि शान्ति कायम हुने सम्भावना छैन। पश्चिमा राष्ट्र युद्ध अन्त्य गर्न प्रयासमा भन्दा युक्रेनलाई थप हतियार दिएर रसियाविरुद्धको अभियानमा लागेका छन्। यता युक्रेन पनि तत्काल शान्ति सम्झौता गर्ने पक्षमा देखिँदैन। रसियाले पनि आफ्नो लक्ष्य पूरा नभएसम्म सैन्य गतिविधि नरोक्ने बताइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell