PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पासवर्ड सेयरिङमा नेटफ्लिक्सले गर्दैछ कडाइ



पहिलोपोस्ट

पासवर्ड सेयरिङमा नेटफ्लिक्सले गर्दैछ कडाइ
Photo: NurPhoto/Rex/Shutterstock

नेटफ्लिक्सले यस वर्षको पहिलो चौमासिकदेखि पासवर्ड सेयरिङमा कडाइ गर्ने बताएको छ। अघिल्लो हप्ता शेयरधनीहरूको लागि जारी कम्पनीको आय रिपोर्टमा नेटफ्लिक्सले यस्तो घोषणा गरेको हो।

यस अनुसार अबका दिनमा घरपरिवार बाहिरका मानिसहरूसँग पासवर्ड सेयर गर्ने अभ्यास झन् जटिल हुने तथा ‘सिंगल सब्स्क्रिप्सन’ सेयर गर्न अतिरिक्त शूल्क लाग्न सक्ने सम्भावना देखिएको छ।

‘हाम्रो टर्म्स अफ युजले नेटफ्लिक्सको प्रयोगलाई घरपरिवारमा सीमित गरेको छ। अब आउने परिवर्तन आफ्नो अकाउन्टलाई व्यापक रूपमा सेयर गर्ने सदस्यहरूको लागि हो भनेर बुझ्नुपर्छ,’ नेटफ्लिक्सले शेयरधनीहरूलाई आफ्नो रिपोर्टमा भनेको छ।

उनले अगाडि भने, ‘हामीले शुल्क तिरेर पासवर्ड सेयर गर्ने सेवा रोल आउट गरेपछि धेरै देशहरूमा ग्राहकले परिवारबाहिरका व्यक्तिहरूसँग नेटफ्लिक्स सेयर गर्न चाहेमा अतिरिक्त शुल्क तिर्ने विकल्प पनि हुनेछ। हालको जस्तै त्यतिबेला पनि सबै ग्राहकहरूले यात्रा गर्दा भने आफूले चाहेको डिभाइसमा नेटफ्लिक्स हेर्न पाउनेछन्।’

गत वर्ष निश्चित मध्य तथा दक्षिण अमेरिकी देशहरूमा नयाँ नियमको परीक्षणको आधारमा कम्पनीले छोटो अवधिको लागि नकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको पनि स्वीकार गरेको छ।

‘यद्यपि, हामी विश्वास गर्छौं कि यो प्याटर्न हामीले ल्याटिन अमेरिकामा देखेको जस्तै हुनेछ। जहाँ सबैले आफ्नै अकाउन्टबाट साइन-अप गर्न जारी राखेपछि समयसँगै नेटफ्लिक्सको प्रयोग बढेको थियो,’ रिपोर्टमा भनिएको छ।

कहिलेदेखि यो नयाँ नियम लागू हुन्छ भन्ने विषयमा भने नेटफ्लिक्सले खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell