PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

‘हिमालय रोडिज’ पाँचौं सिजनको अडिसन खुला



पहिलोपोस्ट

‘हिमालय रोडिज’ पाँचौं सिजनको अडिसन खुला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनको डिजिटल अडिसन खुला भएको छ। सोमवार पाँचौं सिजनको घोषणासँगै डिजिटल अडिसन खुला गरिएको हो।

निर्देशक सिमोस सुनुवारका अनुसार देशविदेशमा रहेका नेपालीहरुले प्रतियोगितामा सहभागी हुन पाउनेछन्। इच्छुक प्रतियोगीहरुले ‘हिमालय रोडिज’को एपसँगै भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत पनि अडिसन दिन सक्नेछन्।

भाग लिनेले आफ्नो क्षमता प्रमाणित गर्ने चिनारी भिडियो पठाउनु पर्नेछ। प्राप्त आवेदनमध्येबाट १०० जनाले फिजिकल अडिसनमा भाग लिन पाउनेछन्।

नयाँ सिजनको प्रोमोसहित होस्ट समेत सार्वजनिक गरिएको छ। नयाँ सिजनको होस्टमा चर्चित टेलिभिजन पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरी रहनेछन्।

पाँचौं सिजनको थिम ‘जर्नी टु एक्सट्रिम’ राखिएको छ। शोको जजहरुको नाम भने चाडै सार्वजनिक गरिनेछ। नयाँवर्ष २०८० सालदेखि शो प्रसारणको तयारी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell