PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सर्वोच्चको पूर्णपाठ कुर्दै प्रधानमन्त्री प्रचण्ड, 'गृह मन्त्रालयकै कारण सत्ता गठबन्धन नटुटोस भन्ने पक्षमा छौं'



पहिलोपोस्ट

सर्वोच्चको पूर्णपाठ कुर्दै प्रधानमन्त्री प्रचण्ड, 'गृह मन्त्रालयकै कारण सत्ता गठबन्धन नटुटोस भन्ने पक्षमा छौं'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धन नटुट्ने प्रतिक्रिया दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक पछि प्रचण्डले सकेसम्म गठबन्धन जोगाउने प्रयास भइरहेको बताए।

'हामी सल्लाह गर्दैछौं। सकेसम्म गठबन्धनन नटुटोस भन्नेमा छौं। अदालतको पूर्णपाठ कुर्नुपर्ने मलाई सुझाव छ,' प्रचण्डले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रचण्डले पूर्णपाठ आएपछि मात्रै मन्त्रालयबारे निर्णय हुने माओवादी केन्द्रको बैठकमा 'ब्रिफिङ' गरेका थिए।

सर्वोच्च अदालतको शुक्रवारको फैसलापछि रास्वपाको सभापति रवि लामिछानेको सांसद पद गएको थियो। सांसद पद गएपछि मन्त्री पद पनि गएको थियो। रास्वपाले आफ्नो पार्टीको भागमा गृह मन्त्रालय परेको भन्दै फेरि पनि आफैले पाउनुपर्ने दाबी गरिरहेको छ। रास्वपाले गृह मन्त्रीमा फेरि रवि लामिछानेलाई नै पठाउने तयारी गरेको छ। 

तर, हाल रवि सांसद छैनन्। सांसद नभएको व्यक्तिलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ। ६ महिनासम्म त्यसरी मन्त्री बनेका व्यक्ति प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य भइसक्नुपर्नेछ। मन्त्री बनेको ६ महिनासम्म सांसद नभए त्यस्तो व्यक्ति संसदको यो कार्यकालमा फेरि मन्त्री बन्न पाउँदैन।

रविलाई सांसदबाट हटाउँदा सर्वोच्चले संक्षिप्त फैसला निकालेको थियो। जसमा उनले अमेरिककाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको उल्लेख थियो। त्यसैले पनि फेरि रविलाई मन्त्री बनाउनु अघि सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने दबाब प्रचण्डलाई परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell