PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विश्वप्रकाशको दाबी : कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति



पहिलोपोस्ट

विश्वप्रकाशको दाबी : कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्। आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनले दाबी गरेका हुन्।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।

भने,'हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ।'

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने पनि उनले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell