PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

विभागलाई तोसिमाको प्रश्न : बजारमा दाँत चम्काउने, कपाल उमार्ने औषधिका गुणस्तर कस्ले मापन गरिरहेको छ?



पहिलोपोस्ट

 विभागलाई तोसिमाको प्रश्न : बजारमा दाँत चम्काउने, कपाल उमार्ने औषधिका गुणस्तर कस्ले मापन गरिरहेको छ?

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी छिन्। आज औषधि व्यवस्था विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उनले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी हुन्।

'बजारमा दाँत चम्काउने, कपाल उमार्ने र पाचन प्रणालीलाई राम्रो बनाउने भनिएका औषधिका विज्ञापनहरुको गुणस्तर कस्ले मापन गरिरहेको छ? यसको तथ्याङ्क र समाधानका बाटाहरु के-के हुन सक्छन् यसका उपायसहित आउनूहोस्', उनले भनिन्।

मन्त्रालयकी सचिव देवकुमारी गुरागाइँले विभाग आवश्यक जनशक्ति व्यवस्थापन गर्न लागिपरेको बताएकी थिइन्। विभागका महानिर्देशक भरत भट्टराईले अन्तर्राष्ट्रियस्तरको संरचना नहुँदा विभागको क्षमता विस्तार हुन नसकेको गुनासो गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell