PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

भैरहवाबाट ढाका उडान सुरु गर्न बङ्गलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह



रासस

भैरहवाबाट ढाका उडान सुरु गर्न बङ्गलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह
रासस : फोटो।

काठमाडौं : परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबिच मंगलवार सिंहदरबारमा भेटवार्ता भएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन्।

सो भेटमा नेपाल र बङ्गलादेशबिचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। सो अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबिचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell