PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरा विमान दुर्घटना : पहिचान नखुलेका छ शवको ‘डीएनए’ परीक्षण सुरु



रासस

पोखरा विमान दुर्घटना : पहिचान नखुलेका छ शवको ‘डीएनए’ परीक्षण सुरु
फाइल फोटो।

काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपाल कुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो। उनले परिवारको नमुना सङ्कलन र छ शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ। काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell