PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोच बनाएको छु : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोच बनाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्।

'मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ,' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।'

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै काम गर्नु भनेको राज्यका सबै अंगहरुको एकीकृत पारिचालन भएकोसमेत उल्लेख गरे। ‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell