PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

बंगलादेशमा आर्थिक संकट : कच्चा पदार्थ आयात गर्न नपाउँदा औषधि उत्पादनमा असर



पहिलोपोस्ट

बंगलादेशमा आर्थिक संकट : कच्चा पदार्थ आयात गर्न नपाउँदा औषधि उत्पादनमा असर
Photo : Getty Images

बंगलादेश अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। विदेशी मुद्रा सञ्चिति घट्दा बंगलादेशले गएको वर्ष विभिन्न वस्तुको आयातमा रोक लगाएको थियो। पछिल्लो केही महिनादेखि भने प्रमुख उद्योग र उत्पादन कम्पनीमा पनि यसको असर देख्न सुरु भएको छ। साथै इन्धन र ग्यासको मूल्य बढ्दा दैनिक जीवन पनि कष्टकर बन्न पुगेको छ।

अहिले पनि पर्याप्त डलर नहुँदा बैंकले 'लेटर अफ क्रेडिट' जारी गर्न सकेका छैनन्। जसकारण आयातमा आधारित उद्योग सबैभन्दा बढी मारमा परेको छ।

इन्धन र ग्यासको मूल्य बढेपछि सामानको मूल्य पनि बढेको छ। जसकारण कयौं उत्पादक कम्पनी समस्यामा परेका छन्।

बंगलादेशमा आवश्यक औषधि मध्ये ९८ प्रतिशत स्वदेशमै उत्पादन भइरहेको छ। बंगलादेशमा कपडा पछि औषधि उत्पादनकै सबैभन्दा बढी निर्यात हुनेगर्छ। तर यो उद्योग संचालनका लागि ८० प्रतिशतभन्द बढी कच्चा पदार्थ भने आयात गरिन्छ। हरेक वर्ष औषधि उत्पादनका लागि १.३ बिलियन डलरको कच्चा पदार्थ आयात गरिन्छ। तर अहिले औषधि कम्पनीहरुले कच्चा पदार्थ आयात गर्न सकेका छैनन्।

लेटर अफ क्रेडिट नपाउँदा औषधि उत्पादन नै प्रभावित भइको उत्पादक कम्पनीहरुले जनाएका छन्। उत्पादित औषधिको मूल्यको लागत पनि यसकारण बढिरहेको छ।

यस्तै, सिमेन्ट उद्योगमा पनि आर्थिक संकटको असर परेको छ। आयात रोकिँदा र मूल्यवृद्धि हुँदाको असर खेपिरहेको सिमेन्ट उद्योगमा लोङसेडिङको असर पनि परेको छ। जसकारण उद्योगहरुको तिर्नुपर्ने ऋण बढ्दै गइरहेको छ।

यस्तै, अन्य उद्योगहरुको अवस्था पनि यस्तै छ। जुत्ता उद्योगदेखि प्रकाशन र मुद्रण उद्योगसम्म यसको असर परेको छ। डलरको मूल्य बढ्दा कागजको मूल्यमा असर परेको छ। कागज आयात नहुँदा पाठ्यपुस्तक छपाइ हुन सकिरहेको छैन। बंगलदेश सरकारले भने यो संकटको समाधान निकाल्न प्रयास गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell