PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

देवशिलाको गोरखपुरमा पूजा, आज अयोध्या पुर्‍याइँदै



पहिलोपोस्ट

देवशिलाको गोरखपुरमा पूजा, आज अयोध्या पुर्‍याइँदै

गोरखपुर : भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्न भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिलाको गोरखपुरमा पूजा गरिएको छ। शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको बाक्लोमात्रमा उपस्थिति थियो। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मंगलबार राति गोरखपुर पुर्‍याइएको हो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिँडेका हुन्।

शिला आज अयोध्या पुर्‍याएर विशेष समारोहका बीच निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए। कांग्रेस नेता निधि देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको बताउँछन्।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्‍याइएका थिए। जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell