PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो



पहिलोपोस्ट

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो

काठमाडौं : सुनको मूल्य फेरी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तीन दिनपछि थोरै बढेको छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधवार सुनको मूल्य बढेको छ। मंगलवार प्रतिऔंस १९१९.९९ डलर रहेको सुनको भाउ बुधवार प्रतिऔंस १९२६.०६ डलर पुगेको छ। चाँदी २३.६३ डलरबाट बढेर २३.६७ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell