PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

धनुषामा प्रहरी हिरासतबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना पक्राउ



रासस

धनुषामा प्रहरी हिरासतबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना पक्राउ

धनुषा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशन कुमार महतो रहेका छन्।

अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलवार राति र अमितलाई मंगलवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमवार साँझ नै प्रहरीले पक्राउ गरेको थियो।

आइतवार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ जना फरार भएका थिए। बाँकी तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell