PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

कैलालीका दुई बालबालिकामा देखियो दादुरा, उपमहानगरपालिकाले सुरु गर्‍यो खोप अभियान



पहिलोपोस्ट

कैलालीका दुई बालबालिकामा देखियो दादुरा, उपमहानगरपालिकाले सुरु गर्‍यो खोप अभियान
फाइल फोटो।

कैलाली : कैलालीका दुई बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का पशुपति टोलका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो।

दुई साताअघि नै लक्षण देखिए पनि बुधवार मात्र पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए। जोशीका अनुसार ९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा पुष्टि भएको हो।

बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ। वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell