PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

सरकारलाई गगन थापाको प्रश्न : बेलैमा क्षतिपूर्ति दिने कि प्रेमकै जस्तो अवस्था आएपछि आँशु बगाउँदै छानबिन गर्ने?



पहिलोपोस्ट

सरकारलाई गगन थापाको प्रश्न : बेलैमा क्षतिपूर्ति दिने कि प्रेमकै जस्तो अवस्था आएपछि आँशु बगाउँदै छानबिन गर्ने?

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पछिल्ला दिनहरुमा सरकारले युवाको समस्यामा ध्यान नदिएको आरोप लगाएका छन्। बुधवार प्रतिनिधि सभामा आफ्नो भनाई राख्दै थापाले सरकारले पाउने क्षतिपूर्तिसमेत नदिएर जनतालाई मारमा पारेको बताए।

'सयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय पुग्छन् फर्कन्छन्। रुन्छन् कराउछन्। यी तिनै किसानहरु हुन् जसले बैंकबाट सानो सानो ऋण लिएर कुखुरा फारम चलाएका थिए। बर्डफ्लूको जोखिम न्यूनिकरणका लागि सरकारबाट फार्म नष्ट गरियो,' थापाले भने, 'नियमअनुसार यिनले पाउने क्षतिपुर्ति ५८ करोड छ। सरकार दिन्छु भन्छ तर झुलाई रहन्छ। किनकि सरकारलाई भ्याइनभ्याइ छ।'

उनले बैंकले अठ्याएपछि कुनै व्यक्ति अप्रिय निर्णय लिन पुग्ने र त्यसपछि मात्र सरकार छानबिन समिति बनाउन कहिलेसम्म लाग्ने प्रक्रिया कहिलेसम्म चल्ने भनी प्रश्नसमेत गरे। संसद भवनअघि आत्मदाह गरेका युवा प्रेम आचार्यको पीडा सम्बोधन गर्न सरकारले कुनै काम नगरेकोतिर इंगित गर्दै थापाले घटनापछि आँशु बगाउँदै छानबिन गर्नुभन्दा जोगाउनतिर लाग्नुपर्ने बताए। 'तर बैंकले अठ्याउँछ। मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो?' थापाले भने, 'अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै छानबिन गर्ने समिति बनाउने हो कि जोगाउनका लागि सरकारले दिन्छु भनेको तर झुलाइरहेको रकम दिने हो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell