काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले खेलाडीहरुको वर्गीकरण गरेको छ। सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ।
पोखरामा बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले गरेको वर्गीकरणमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा झर्दा अर्का पूर्व कप्तान सन्दीप लामिछाने बाहिरिएका छन्। नाबालिग बलात्कारको मुद्दा खेपिरहेका लामिछानेमाथि लागेको निलम्बन भने फुकुवा गर्ने बोर्डले निर्णय गरेको छ।
वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ‘बी’ मा ३ र ग्रेड ‘सी’मा १० जना खेलाडी रहेका छन्। त्यस्तै, महिलातर्फ ‘ए’ र ‘बी’ ग्रेडमा समान समान ३ जना र ग्रेड ‘सी’मा ६ जना खेलाडी रहेका छन्।
पुरुषतर्फ केन्द्रीय करारमा रहेका खेलाडी
ग्रेड ए : रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख
ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल
ग्रेड सी : कमलसिंह ऐरी, बिनोद भण्डारी, गुलसन झा, अर्जुनकुमार साउद, अविनास बोहोरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव अनाल, सागर ढकाल, विवेक यादव
महिलातर्फ केन्द्रीय करारमा रहेका खेलाडी
ग्रेड ए : रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा
ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य
ग्रेड सी : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगम